काठमाडौं । कुमारी बैंकको लाभाश सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले ८.६७ प्रतिशत लाभांश पारित गर्न भन्दै कात्तिक १६ गते २१ औं वार्षिक साधारणसभा बोलाएको छ ।
त्यसको लागि बैंकले कात्तिक ८ गते (सोमबार) बुक क्लोज गर्ने भएको छ । कात्तिक ७ गते आइतबार (आज)सम्म कायम रहेका सेयरधनीले घोषणा गरेको लाभांश पाउने छन् ।
बैंकले ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
FACEBOOK COMMENTS