काठमाडौं । एनएमबि लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (बिहीबार अन्तिम दिन हो । कम्पाीले पुस ९ देखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । आजसम्म सेयरधनी भएका लगानीकर्ताले लाभांश पाउनुका साथै आगामी साधारणसभामा भाग लिन पाउने छन् ।
कम्पनीको ९ औँ वार्षिक साधारणसभा पौष २६ होटल पोखरा ग्राण्ड, पार्दी पोखरा, कास्कीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई २१.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.१३ प्रतिशत नगद लाभांशसहित २२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले आव २०७७–०७८ को वार्षिक प्रतिवेदन पेस गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, आव २०७७–०७८ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने, आव २०७८–७९ को लेखा परीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेछ ।
वित्तीय संस्थाले नेपाल राष्ट्र वैकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका अन्य लघुवित्त वित्तीय संस्थासंग गाभ्ने–गाभिने वा प्राप्ति र सम्बन्धी प्रकृया अगाडि बढाउन उपयुक्त देखिएमा समिति गठन गर्ने, मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, गाभ्ने–गाभिने वा प्राप्ती सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई प्रदान गर्नेछ ।