काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले वार्षिक साधारणसभा तथा घोषणा गरेको लाभांश पारित गर्न पुस ९ देखि १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । आजसमम कायम रहेका लगानीकर्ताले घोषणा गरेको लाभांश पाउने छन् ।
इन्स्योरेन्सको मंसिर २३ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारणसभा पुस १९ गते, सोमबार, होटल हैरिसन प्यालेस, विराटनगरमा बोलाएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६६८४ प्रतिशत नगदसहित १३.३६८४ प्रतिशत लाभांश दिने भएको छ । उक्त प्रस्ताव पारित गरिने छ ।
सभामा सञ्चालक समितिको तर्फबाट आव २०७६–०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने र छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको वासलात, आव २०७६–०७७ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने, आव २०७७–७८ को लेखा परीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेछ ।
FACEBOOK COMMENTS