काठमाडौं । लुम्बिनी विकास बैंकको १३ दशमलव ६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ ।
बैंकले साधारणसभा तथा लाभांशं वितरण प्रयोजनार्थ २७ मंसिरमा बुकक्लोज गर्ने भएको छ । यसर्थ, आइतबारसम्म नेप्सेमा कायम भई कारोबार गरेका सेयरधनीले मात्र लघुवित्तले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले ९ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । सभा बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ः१५ बजे सुरू हुनेछ । सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।
सभामा गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।
सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमाा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने लगायतको एजेण्डा छ ।
FACEBOOK COMMENTS