काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (कार्तिक २२ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि (कार्तिक २३ गते, मंगलबार) बुकक्लाेज गर्ने भएकाे छ । त्यसैले, आज (कार्तिक २२ गते, साेमबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
संस्थाकाे चाैँथाे वार्षिक साधारण सभा मंसिर ५ गते आइतबार, धरान ब्याङ्क्वेट, धरान–१३, सुनसरीमा हुँदैछ ।सभामा संस्थाकाे असाेज १८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
FACEBOOK COMMENTS