काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले पुस २८ गते गर्न लागेको साधारणसभाको लागि भोली पुस (१४ गते) एकदिनको लागि बुकक्लोज गर्ने भएको छ । त्यसैले आजसम्म कायम रहेका सेयरधनीहरुले तोकेको लाभांश पाउने छन् । कम्पनीको सातौँ वार्षिक साधारणसभा पुस २८ गते, बुधबार, होटल मौर्या, रूपन्देहीमा हुनेछ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ३० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्नेछ । साविकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच मर्जरपछि गत वर्ष असार २६ गतेदेखि उन्नति सहकार्य लघुवित्तका नाममा एकिकृत कारोबार भएको छ । जसले गर्दा बोनस शेयरमा कर लाग्दैन ।
सभाले अध्यक्षको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७–७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु पारित गर्ने, आर्थिक वर्ष २०७८–७९ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक तोक्ने प्रस्तावहरु पारित गर्नेछ ।
FACEBOOK COMMENTS