आज नोभेम्बर १४ अर्थात विश्व मधुमेह दिवस। जसलाई डायबेटिज वा चिनी रोगसमेत भनिन्छ। ‘एक्सेस टु डायबेटिज केयर’ भन्ने मूल नाराका साथ विश्वभर यो दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ।
मधुमेहको उपचारका अहिलेसम्म प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन नोभेम्बर १४ मा भएका कारण यो दिवस यही दिन मनाउन थालिएको हो।
सर फ्रेड्रिक बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलोपटक संयुक्त रुपमा मधुमेह एवं डायबेटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए। अहिलेसम्म पनि मधुमेहको उपचारका लागि इन्सुलिन प्रभावकारी रुपमा प्रयोग हुँदै आएको छ।
पछिल्लो समय परिर्वतित जीवनशैलीका कारण लाखौँ मानिसहरुमा मधुमेहको समस्या बढी देखिन थालेको चिकित्सकहरुले बताएका छन्।
विश्वमा ४६ करोडभन्दा बढी मानिसमा मधुमेहको समस्या छ। तर नेपालमा भने यकिन तथ्याङ्क नभए पनि कुल जनसंख्याको ८ प्रतिशतमा यो रोग हुनसक्ने अनुमान गरिएको हर्मोन रोग विशेषज्ञ बताउछन ।
‘पछिल्लो समय विकसित राष्ट्रहरुभन्दा पनि नेपाल जस्तो विकासोन्मुख राष्ट्रहरुका ८० प्रतिशत मानिसमा यो रोग डरलाग्दो तरिकाले देखिन थालेको छ। यसको मुख्य कारण मानिसहरुको परिर्वतनशील जीवनशैली नै हो’, उनले भनिन्, ‘हुन त अहिले परीक्षणको दायरा पनि फराकिलो भएको छ। मधुमेहका बिरामी अहिले प्रत्येकजसो घरमा भेटिने गरेका छन्।’
मधुमेह दुई प्रकारको हुने गरेको विज्ञहरुले बताएका छन्। उनीहरुका अनुसार टाइप वान डायबेटिज र टाइप टु डायबेटिज गरी दुई प्रकारका हुन्छन्।
प्यान्क्रियाजका कोषहरु भत्किएर इन्सुलिन उत्पादन हुन नसक्दा हुने मधुमेहलाई ‘टाइप वान डायबेटिज’ भनिन्छ। यो विशेषगरी बच्चाहरुमा देखिने गरेको छ ।
FACEBOOK COMMENTS