सानिमा माई हाइड्रोपावरले लाभांश पारित गर्न कात्तिक ११ गते साधारण सभा बोलाएको छ । सभा सेलिब्रेसन हाइट सुकेधारा काठमाडौंमा हुनेछ । साथमा एकैसाथ भर्चुअल माध्यमबाट पनि सभा चल्नेछ । सभा बिहान ११ बजे सुरु हुनेछ । लगानीकर्ताले भर्चुअल माध्यम वा भौतिक रुपमा पनि सहभागी हुन सक्नेछन् । सभा प्रयोजनका लागि असोज १८ गते बुक क्लोज गरिने भएको छ ।
सिटिजन्स बैंकले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ। शुक्रबार आज बसेको ३७५ औँ सञ्चालक समितिको बैंठकले शेयरधनीलाई आर्थिक वर्ष २०७७/ ०७८ को मुनाफाबाट १६ प्रतिशतट लाभांश दिने घोषणा गरेको हो।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार १२.९१३ प्रतिशतका दरले हुन आउने एक अर्ब ६२ करोड ४० लाख ५० हजार ८ सय ९१.१० बराबरको बोनस शेयर वितरण गर्ने भएको हो।
३८ करोड ८२ लाख ५६ हजार ८ सय ७.२४ बराबरको नगद लाभांश (लाभांश कर समेत) गरी बैंकले कुल २ अर्ब एक करोड २३ लाख सात हजार छ सय ९८.३४ वितरण गरिने छ।
नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले प्रस्ताव पारित गरेपछि शेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जानकारी दिएको छ।
प्राईम लाइफ इन्सुरेन्स ले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट सेयरधनीलाई १५.८७५ लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले १५ %बोनस सेयर र कर प्रयोजनको लागि ०.८७५ नगद लाभांश दिने प्रस्ताव गरेको हो । नियामक बिमा समिति र आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।
आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरणको उद्देश्य सहित कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा महिला हिंसाको न्यूनिकरण तथा प्रतिकार गर्न महिलाहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएको छ।
महिलाहरुलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने र प्रविधिसँग परिचित गराई मनोवल उच्च बनाउने उद्देश्य सहित प्रशिक्षण शुरु गरिएको बैंकले बताएको छ।
महिला मैत्री वातावरण सहितको कार्यस्थललाई अग्रस्थानमा राखि कुमारी बैंकले कारोबार गर्दै आइरहेको र यस किसिमको प्रशिक्षणबाट महिलाहरुमा थप जागरूकता, मौखिक रक्षा, झूटा आरोप तथा आत्मसमर्पण रक्षा, शारीरिक रक्षा, र कानूनी रक्षा सम्बन्धी विषयमा प्रशिक्षित भई उच्च मनोवलका साथ अगाडि बढ्न प्रेरित हुनेमा बैंक विश्वस्त छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी टे«डिङ्ग प्रालिले नवलपुरको कावासोतीमा सर्भिस सेन्टर विस्तार गरेको छ।टाटा मोटर्स ग्राहक सेवाका नेपाल प्रतिनिधि सामान्य दास तथा एग्रिकल्चर एण्ड फरेस्ट कन्जरभेसन रिसर्च सेन्टर, हाई टेक फिसरिज् एण्ड रिसर्च सेन्टरका अध्यक्ष मेघराज श्रेष्ठले सेन्टरको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
FACEBOOK COMMENTS