सुमना श्रेष्ठ काठमाडौं महानगरको मेयर उम्मेदवार बन्ने, कुन राजनीतिक दलबाट वा स्वतन्त्र रूपमा चुनाव लड्ने भन्नेबारे भने अस्पष्ट
काठमाडौं तराई र मधेश द्रुतमार्गको महादेवटार सुरुङको ब्रेक थ्रु भयो, तराई मधेश द्रुतमार्गमा निर्माणाधीन ७ वटा सुरुङमध्ये सडकतर्फ नेपालकै सबैभन्दा लामो सुरुङ महादेवटार सुरुङ
तत्काल तातोपानी नाका खुलाउन चिनियाँ पक्षसँग आग्रह, चीनका ‘प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष याङ वानमिङसँगको भेटमा परराष्ट्रमन्त्री खनालले यस्तो आग्रह गरेका हुन्
जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वत कुमार केसी सुतिरहेकै अवस्थामा मृत फेला, मंगलबार बिहानसम्म नउठेपछि झ्याल फोरेर हेर्दा भेटिएका थिए मृत

निवर्तमान आईजीपी कार्कीको रिटमा कारण देखाउ आदेश, अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने निर्णय लिन दुवै पक्षलाई छलफलका लागि बोलाइयो

रास्वपाका पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सांसद निशा डाँगी विवाह गर्ने, विवाहको मिति मंसिर १० गते तय

आज फेरि नेप्सेमा दोहोरो अंकको गिरावट, १२ दशमलव ६८ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ७३ करोडमा सीमित

आज मंसिर २ गते पनि सुनको मूल्य ६ हजार ३०० ले घट्यो, २ लाख ६० हजार ९०० मा भयो किनबेच
चितवन राइनोजले जित्यो टस, काठमाडौं गोर्खाजले पहिला बलिङ गर्ने, यस खेलमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ, जित्ने टिम भने सेमिफाइनल खेल्ने