ललितपुर । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ ।
महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आज बिहीबार एक समारोहका बीच शौचालय शुभारम्भ गरेका छन् ।
ललितपुर महानगरभित्रका शौचालयहरू सफा र आपङगतामैत्री बनाउँदै लग्ने क्रममा सो शौचालय निर्माण गरिएको उनले बताए । असल अभ्यासहरु अवलोकन गर्ने क्रममा करिब डेढ वर्षअघि बङ्गलादेश पुग्दा शौचालय पनि त्यति धेरै सफा र राम्रा हुँदा रहेछन् भन्ने थाहा पाएपछि महानगरका सबै वडामा त्यस्तै सुविधासम्पन्न शौचालय बनाउने गरी योजना अगाडि बढाएको उनको भनाइ छ ।
ललितपुर महानगरपालिकाले लगनखेलमा पनि जावलाखेल, मङ्गलबजार र पाटनढोकामा जस्तै अत्याधुनिक शौचालय बनाउने तयारी गरिरहेको छ । लगनखेलनमा अत्याधुनिक शौचालय निर्माणका लागि डीपीआर भइरहेको नगरप्रमुख महर्जनले जानकारी दिए ।
ललितपुर महानगरले एक वडा एक सार्वजनिक शौचालयको नीतिअनुसार हाल महानगरका वडा नं ८, ९, २, १०, २४, २५ र २७ मा शौचालय निर्माणका काम भइरहेका छन् ।
FACEBOOK COMMENTS