काठमाडौं । काठमाडौंको कालीमाटीमा करिब १ महिना अगाडि २ रुपैयाँ किलो नबिकेको गोल्भेडा अहिले किलोमा १०० पुगेको छ ।
त्यतिबेला ५ हजार क्रेट अर्थात १२ टन गोलभेडा बाटोमा फालिएको थियो। कालीमाटी घटनाको अघिल्लो सातामात्रै काभ्रेका किसानले पनि खोलामै बगाइदिएका थिए । त्यतिबेला २ रुपैयाँमा पनि नबिक्ने गोलभेडाको थोक मूल्य अहिले करिब ७० रुपैयाँदेखि ११० रुपैयाँसम्म पर्न थालेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको साउन १२ गतेको तथ्यांक अनुसार ठूलो नेपाली गोलभेंडा प्रतिकिलो अधिकतम १ सय १० रुपैयाँ छ । गत असार पहिलो साता औसत ३३ रुपैयाँ थियो । यस्तै, टनेलको सानो गोलभेडा प्रतिकिलो औसत ८ रुपैयाँ थियो अहिले बढेर औसत ६१.२० रुपैयाँ छ । साथै लोकल सानो गोलभेडा प्रतिकिलो औसत ४०.०० रुपैयाँ छ । यो तरकारी बजारको थोक मूल्य हो । खुद्रा पसलमा अझै महँगो छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ अघिल्लो महिना गोलभेंडाको आपूर्ति उच्च रहेकाले मूल्य नपाएको र अहिले आपूर्ति घटेसंगै मूल्य बढेको बताउँछन् । उनले भने अहिले कम उत्पादन हुने मौसम भएकाले टनेलखेतीमा उत्पादन गरिएका गोलभेडाहरु बजारमा बिक्री भइरहेका छन् ।
अघिल्लो पटक किसानहरुले फाईदा लिनको लागी भनेर धेरै टमटार गोलभेडा उत्पादन गर्दा बजारमा खपत भन्दा बढि आपुर्तिको स्थीती बढि भएकाले गर्दा मुल्य कम हुन पुगेको सुचना अधिकारी श्रेष्ठको भनाई छ ।
तर अहिलेको परिस्थीती त्यसको ठिक विपरीत भएकाले गर्दा बजारमा गोलभेडाको मुल्य बढन् गएको उनले बताए ।
हाल बजारमा नेपालको विभिन्न क्षेत्रमा उत्पादन भएका गोलभेडाहरु विक्री गरिदै आएको छ । त्यस्तै उनले आउने दिनहरुमा कति उत्पादन हुन्छ सोहि आधरमा थप मुल्य बढ्छ अथाव घट्छ भनेर छुट्याउन सकिने बताए ।
अहिले काठमाडौं उपत्यका र आसपासका जिल्लाहरु धादिङ, काभ्रे, मकवनपुर बाट गोलभेंडा आएका छन् । समितिको तथ्यांकअनुसार असार सुरु भएपछि सानो गोलभेंडा बढी भित्रिएको थियो तर अहिले आधाले घटेको छ । गत असार २ गते कालीमाटीमा ९५ हजार ५५० केजी गोलभेंडा भित्रिएको थियो तर साउन ११ गते साढे ६२ हजार ७२ रुपैयाँ मात्रै भित्रिएको छ ।
FACEBOOK COMMENTS