काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान चलाइएको छ ।
शुक्रबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट हस्ताक्षर अभियान थालिएको हो । स्थानीय दिपेन्द्र पौडेलले हस्ताक्षर अभियानको नेतृत्व गरिरहेका छन् । उनले भनेका छन् ‘टोपबहादुर रायमाझी माथी भएको राजनीति प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान सुरु भएको छ ।’
सोहि मुद्धामा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलगायत धरौटीमा छुटे पनि रायमाझीलाई राजनीतिक प्रतिशोधको आधारमा नछाडिएको उनीहरुको दाबि छ । रायमाझी भुटानी शरणार्थी प्रकरणमा गत २०८० को बैशाख ३१ गते पक्राउ परेका थिए ।
FACEBOOK COMMENTS