काठमाडौं । जनवरी ४ मा धुलिखेलमा हुने माउन्ट एभरेष्ट मोटरस्पोर्टस फेस्टिभलको टाइटल स्पोन्सरटोटल इनर्जिज हुने घोषणा भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएशनले टाइटल स्पोन्सरशिपका लागि जनवरी १ मा टोटल इनर्जिजका लागि नपालको आधिकारिक विक्रेता लक्ष्मी ल्युब आयल प्रालिसँग सम्झौता गरेको छ ।
सन् २०२५ को संसारकै सम्भवतः पहिलो मोटरस्पोर्ट्सको इभेन्टको मुख्य प्रयोजकका लागी लक्ष्मी ल्युब आयल प्रालिका तर्फबाट सेल्स हेड सुबोध थापा र नेपाल अटोमोबाइल्स एसोसिएशनका तर्पmबाट मिडिया एण्ड ब्राण्डिङ कमिशनका अंकित भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सो सम्झौता गर्दै सेल्स हेड सुबोध थापाले विश्वप्रसिद्ध टोटल ल्युब्रिकेन्टले नेपालमा पनि आफ्नो गुण्स्तरीय सेवा र उत्पादन प्रदान गर्दै आएकोमा २०२५ को पहिलो दिनबाट नेपाली मोटरस्पोर्ट्समा पनि अधिकारिक रूपमा प्रवेश गरेकोमा खुसी व्यक्त गरे ।
त्यस्तै टोटल इानर्जिज जस्तो विश्वस्तरीय ब्राण्डको साझेदारीले नेपाली मोटरस्पोर्ट्ससँगै कर्पोरेट क्षेत्रलाई अझ विश्वव्यापी र अन्तर्राष्ट्रियस्तरको बनाउने विश्वास नेपाल अटोमोबाइल्स एसोसिएशनका अंकित भण्डारीले बताए ।
टोटल इानर्जिजसहित अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेशन (एफआईए), अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेशन (एफआईएम) तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को विशेष आर्थिक सहयोग रहने सो फेस्टिभलमा ६० जना ड्राइभर तथा ४० जना प्राविधिकहरूको सहभागिता रहने छ ।
धुलिखेलस्थित हिमालयन मोटरल्याण्डमा आयोजना हुने सो फेस्टिभलअन्तर्गत अटोक्रस च्यालेन्ज, नेपाल अटो जिमखाना, कार्ट्समाण्डू कप, क्वाड बाइक एड्भेन्चर्स र स्टन्ट शो गरी ५ वटा इभेन्टहरू हुनेछन् । फेस्टिभलकै सन्दर्भमा जनवरी ३ कोे मार्शल तालिम र इभेन्ट म्यानेजमेन्ट वर्कशपको आयोजनामा पनि टोटल इनर्जिजले सहयोग गर्नेछ ।
FACEBOOK COMMENTS