काठमाडौं । नेपालका लागि टोटल इनर्जिज लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ल्युब आयलले रूपन्देहीको बुटवल र भैरहवामा निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ ।
चारपाङ्ग्रे सवारीका लागि बुटवलको एड्भान्स अटो केयरमा असार १२ र १३ गते आयोजना गरिएको शिविरमा ७० भन्दा बढी गाडीहरू सहभागी भए ।
त्यसैगरी, दुईपाङ्ग्रे सवारीका लागि भैरहवास्थित ध्र्मेन्द्र मोटरसाइकल स्पेयर र्पाटसमा असार १९ र २० गते आयोजना गरिएको शिविरमा ५० भन्दा बढी मोटरसाइकलहरू सहभागी भए ।
शिविरमा सहभागी सवारीसाधनहरूलाई निःशुल्क सर्भिसिङ, इञ्जिन चेकअप र लुब्रिकेन्ट परामर्श प्रदान गरियो । साथै, ग्राहकहरू र मेकानिकहरूलाई टोटल इनर्जिजका क्वार्ज, रुबिया र हाइ–पर्फ उत्पादनहरूको जानकारी दिइयो, जसले इञ्जिनको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्दछ ।
कार्यक्रममा सहभागी ग्राहकहरू र मेकानिकहरूलाई गिफ्ट आइटमहरू वितरण गरिएको थियो । यस किसिमका सेवामूलक कार्यक्रममा टोटल इनर्जिजले स्थानीय बजारमा ब्राण्ड उपस्थितिलाई थप सुदृढ बनाएको छ ।
लक्ष्मी ल्युब आयलले सफल आयोजनामा साथ दिने सबै पार्टनर वर्कशपहरू र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS