काठमाडौंं । पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा विभिन्न देशबाट हवाई मार्ग हुँदै एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल भित्रिएका हुन् ।
गत वर्षको तुलनामा यो वर्ष २८.९ प्रतिशतले पर्यटकको आगमन बढेको हो । २०२३ को मार्च महिनामा ९९ हजार ४ सय २६ जना पर्यटक नेपाल आएका थिए ।
विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा आउने गरेका छन् । यसपटक नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै भारतबाट ३० हजार छ सय ९८ पर्यटक रहेका छन् ।
चीनबाट १२ हजार ९३, अमेरिकाबाट १० हजार सात सय ६३ , बेलायतबाट सात हजार दुई सय ४१, श्रीलङ्काबाट पाँच हजार सात सय ४१ जमर्नीबाट पाँच हजार दुई सय ५५, थाइल्यान्डबाट चार हजार पाँच सय ६७, अष्ट्रेलियाबाट चार हजार तीन सय ४५, फ्रान्सबाट तीन हजार दुई सय ४० र म्यानमारबाट तीन हजार एक सय ३१ जना नेपाल आएका हुन् ।
FACEBOOK COMMENTS