काठमाडौँ । पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि अहिलेसम्म ८२ जनालाई अनुमति दिएको छ ।
विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि बुधबारसम्म १० समूहका ८२ जनालाई अनुमति दिएको जानकारी दिएको छ । मार्च १ देखि मार्च २५ सम्म २१ महिला र ६१ पुरुषलाई अनुमति जारी भएको विभागले जनाएको छ ।
यस अवधिमा सबैभन्दा धेरै अन्नपूर्ण प्रथम आरोहण गर्न ३ समूहका २२ जनाले अनुमति पाएका छन् । त्यस्तै आमादब्लम हिमालमा २ समूहका २० आरोहीले अनुमति लिएका छन् । त्यस्तै आरोहण अनुमति लिने सबैभन्दा बढी जर्मनी नागरिक २६ जना छन् बहें पोल्याण्डका १० जना रहेका छन् । त्यस्तै क्यानडाका ९ जना र रसियाका ७ जना रहेको विभागले जनाएको छ ।
यी अनुमतिबाट एक करोड ८४ लाख रुपैयाँ राजश्व संकलन भएको बिभागले जनाएको छ ।
FACEBOOK COMMENTS