काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न सकेको अवस्थामा लाखौं पर्यटकहरु भित्र्याउन सकिने बताएका छन् ।
अन्तरार्ष्टिय वायु सेवा सञ्चालकहरुसँगको छलफलमा मन्त्री पाण्डे उक्त कुरा बताए । मन्त्री पााण्डेले भने, देश आर्थिक लगायतका जटिलतामा ग्रुजिइरहेको छ । यो संकटको अवस्था हुँदा हुँदै पनि सरकारले विभिन्न प्योकज ल्याएर पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न खोजेको छ । उनले भने, देशको जटिलतालाई बुझेर सरकारले गरेको निर्णय कम आक्नु हुँदैन ।
मन्त्री पाण्डेले दुइवटै विमानस्थल सञ्चालनका लागि नीतिगत, व्यवसायीक र सुरक्षाका क्षेत्रमा निरन्तर छलफल गर्न सरकार तत्पर रहेको बताए । उनले पोखरा पर्यटकीय राजधानी भएको उल्लेख गर्दै चीन,भारत लगायतका मुलुकबाट पोखरा र भैरहवामा पर्यटकहरु भित्राउन सकेको अवस्थामा राज्यले लाखौं राजस्व भित्राउन सक्ने बताए ।
उनले सरकारले ल्याएको प्याकेजमा दुइ वर्षपछि के होला रु भन्ने विषयमा चिन्ता नलिन समेत अन्तराष्ट्र्रिय विमान कम्पनीहरुसँग विश्वास दिलाए । मन्त्री पाण्डेले रुटका विषयमा सरकार चीन भारतसँग कुटनैतिक रुपमा अघि बढिसकेको समेत बताए ।
छलफलमा जजिरा,सिंगापुर एयरलाइन्स लगायतका दर्जन बढी वायु सेवा सञ्चालकहरुको उपस्थिती रहेको थियो ।
FACEBOOK COMMENTS