काठमाडौं । सिंगापुरमा जारी एशियन गेम्सका क्रिकेटतर्फको छनौट प्रतियोगिताको सेमिफाइनलको समीकरण पुरा भएको छ ।
सेमिफाइनलमा पुगेका नेपाल र ओमान पहिलो सेमिफाइनलमा खेल्ने भएका छन् भने हङकङ र मलेसिया दोस्रो सेमिफाइनलमा खेल्ने भएका हुन् ।
नेपाल र मलेसिया समुह ए बाट र हङकङ र ओमान समुह बी बाट समुह विजेता र उपविजेता हुदै सेमिफाइनलमा पुगेका हुन् । सेमिफाइनल खेल आइतबार हुने छ ।
यी चारै देश जापानमा हुने एशियन गेम्समा छनौट भएका छन् । एशियन गेम्समा पुरुष क्रिकेटतर्फ कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।