काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले फागुन २१ गते हुने निर्वाचनको विषयमा यता उताको कुरा गर्न नहुने स्पष्ट गरेका छन् ।
विहिबार कर्णालीको सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले तोकिएको समयमा चुनाव समपन्न गर्न काँग्रेस प्रतिबद्ध रहेको बताएका हुन् । उनले यो चुनाव हाम्रो संबिधानलाई ट्रयाकमा राख्न अनिवार्य सर्त भएको बताउदै चुनावका बारेमा यता उता कुरा गरेर संसयका कुरा नगर्न आग्रह गरे ।
सभापति थापाले ७४ सालपछि संबिधान बनेपछिका ४–५ बर्ष दुर्भाग्यपूर्ण भएको भन्दै त्यो समय सरकार बनाउने र ढाल्नेमा बितेकोले जनतामा चरम निराशामा आएको स्पष्ट गरे ।
उनले ८२ देखि ८७ सम्मको पाँच बर्ष एउटा मौका दिन मतदातालाई आग्रह गर्दै देशको अहिलेसम्मको सुनौलो समय बनाउने संकल्प गरेको बताए ।
उनले भने– ’हामीलाई नेपालको यथार्थ थाहा छम नेपाललाई सुधार्छौँ, यसको अवस्था सुधार्छौँ ।’

उनले अहिले ठुलो कोलाहल भएको र खासगरी यो हल्ला सामाजिक सञ्जालमा र गाउँ गाउँमा पुगेको बताउदै चुनावमा केहि समुहले चटक गरिरहेको बताए ।

सभापति थापाले अहिलेको प्रश्न कर्णालीको गरिबी किन हटेन भन्ने प्रश्न भएको बताउदै कर्णालीको समस्याको जारामा पुग्नु पर्ने बताए । उनले कर्णालीको प्रमुख मुद्धा संबिधान परिवर्तन गरेर, कानुन बदलेर, काठमाडौँबाट कर्णालीको हक लिएर गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका सभापति गगन थापाले २०७४ देखि यताका आठ वर्ष नेपालको राजनीतिमा दुर्भाग्यपूर्ण अवधि रहेको टिप्पणी गरेका छन् । बिहीबार कर्णाली प्रदेशको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले २०७२ को संविधान कार्यान्वयन गर्नुपर्ने यी वर्ष नेपालमा सरकार बनाउने र ढलाउनेमै गुज्रिएको बताएका हुन् ।

‘२०७४ पछिको अवधि हाम्रा लागि दुर्भाग्यपूर्ण रह्यो,’ सभापति थापाले भने, ‘केबल सरकार बनाउने, सरकार भत्काउने, सरकार टिकाउने कुनै–कुनै रूपमा त्यसैको वरिपरि रहिरह्यो ।’

त्यसैका कारण संविधानमा सुनका अक्षरमा लेखिएका शब्द कार्यान्वयन हुन नसकेको उनले बताए । यो अवधिमा न मधेशको पीडा र कर्णालीको घाउ पनि थाहा नभएको उनले बताए ।
‘०५२ साल ०६३/६४ सम्म कर्णालीले भोगेको हिंसाभन्दा ठुलो केही थिएन,’ उनले भने, ‘त्यो हिंसाबाट बाहिर निस्कएपछि हामीले केही न केही गर्नुपथ्र्यो । त्यो हुन सकेन ।’
FACEBOOK COMMENTS