काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा व्यापारघाटा साढे ९ खर्ब पुगेको छ ।
फागुन मसान्तसम्म १० खर्ब ५८ अर्बको वस्तु तथा सेवा आयात हुँदा १ खर्ब ४ अर्बको मात्रै निर्यात भएको छ ।
आठ महिनाको अवधिमा निर्यात व्यापार गत वर्षको भन्दा २९ प्रतिशतले घटेको छ भने आयात १९ प्रतिशतले घटेको छ । त्यस्तै वैदेशिक व्यापारमा २० प्रतिशतको गिरावट देखिएको छ ।
गत वर्ष ८ महिनाको अवधिमा १४ खर्ब ५६ अर्बको वैदेशिक व्यापार गरेकामा चालू आवको सोही अवधिमा ११ खर्ब ६३ अर्बको व्यापार भएको भन्सार विभागले जनाएको छ ।
FACEBOOK COMMENTS