बुटवल । आगामी १३ माघमा ‘तिलोत्तमा व्यापार महोत्सव हुने भएको छ ।
तिलोत्तमा चेम्बर अफ कमर्श, रूपन्देहीले १३ देखि २४ माघसम्म औद्योगिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव आयाेजना गर्न लागेको हो । संघले सोमबार पत्रकार सम्मेलन आयाेजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो ।
‘व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगारी सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार’ भन्ने नाराका साथ तिलोत्तमा-५ मणिग्राममा दोस्रो पटक महोत्सव आयोजना गर्न लागेको संघका अध्यक्ष बाबुलाल भुसालले बताए । तिलोत्तमालाई राष्ट्रिय व्यापारिक केन्द्रको रूपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरेको उनले बताए ।
कोरोना महामारीका कारण दुई वर्षयता मेला आयाेजना हुन सकेकाे थिएन । ‘निकासीयोग्य वस्तुको पहिचान एवं बजार प्रवर्द्धनमा सहयोग पुर्याउने, वैदेशिक लगानीका सम्भावना पहिचान गरी त्यसका लागि आवश्यक वातावरण निर्माण महोत्सवमा गरिने छ ।’ उनले भने ।

महोत्सवमा १० करोड रूपैयाँ बराबरको आर्थिक कारोबार र दुई लाख दर्शकले अवलोकन गर्ने आयोजककाे अनुमान छ । महोत्सवमा राष्ट्रिय उत्पादन तथा सेवाहरूको प्रदर्शन, व्यावसायीक स्टलहरू, आईटी प्रदर्शनी, आकर्षक कृषि परिसर रहने अध्यक्ष भुसालले जानकारी दिए ।


FACEBOOK COMMENTS