काठमाडौं । ट्रेड टावरले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने समय थपिएको छ ।
यो सँगै कम्पनीको आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सकिने छ । । यसअघि आजसम्मका लागि आईपीओ निष्कासन गरेको थियो । जेठ १८ गते भोटो जात्राका लागि उपत्यकाभित्र सार्वजनिक विदा दिएको थियो । त्यही भएर आवेदन दिने समय थपेको कम्पनीले जनाएको छ ।
ट्रेड टावरले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासन गरेको छ ।
३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।
आईपीओमा सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS