काठमाडौँ– विदेशी कम्पनीको लोगो र नाम चोरी गरेर कम्पनी दर्ता गर्ने ३१ कम्पनीलाई सफाइ पेश गर्न सात दिने सूचना जारी गरेको गरिएको छ ।
उद्योग विभागका अनुसार ट्रेडमार्क नक्कल गरेको आरोपमा सफाइ पेश गर्न सात दिने सूचना जारी गरिएको हो।
अमेरिका, भारत, थाइल्याण्ड, पोल्याण्ड, फ्रान्स, जर्मनी, इटलीमा दर्ता भएका कम्पनीहरुले नेपाली कम्पनीविरुद्ध ट्रेडमार्कसम्बन्धी उजुरी गरेका छन् । उजुरीका आधारमा यसअघि पनि विभागले जवाफ मागेको थियो ।
विदेशी कम्पनीको नाम चोरेर कम्पनी दर्ता गरेपछि आफ्नो पेटेन्ट चोरीको मुद्दा दायर गरेका थिए । तर उक्त मुद्दामा समेत जवाफ पेस नगरेपछि अहिले सात दिनको म्याद तोकेर लिखित सफाइ पेस गर्न समय दिएको छ ।
यदि तोकिएको म्यादभित्र लिखित प्रतिक्रिया प्राप्त नभए कानुन बमोजिम हुने चेतावनी विभागले दिएको छ । आफ्नो लोगो र नाम चोरीको आरोप लगाउन कम्पनीहरुमा धेरै औषधि र जुससँग सम्बन्धीत कम्पनीहर रहेका छन् ।
FACEBOOK COMMENTS