काठमाडौं । सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २६.०५ अंकले घटेर २६७२.३९ विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार ११ अर्ब ६५ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार १० अर्ब ७७ करोड रूपैयाँमा सीमित भएको छ।
यसदिन ३२४ वटा धितोपत्रको दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर किनबेच भएको हो। सोमबार ४२ कम्पनीको सेयरमूल्य बढेको छ भने २१२ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्।
यसदिन खानीखोला हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३०४ रूपैयाँ ४० पैसा पुगेको छ। यस्तै, रिडी पावरको मूल्य ९.११ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३१६ रूपैयाँ ३० पैसा पुगेको छ।
FACEBOOK COMMENTS