काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेपाल स्टक एक्सचेन्च (नेप्से) दोहोरो अंकले बढेको छ । बिहीबार बजार ४८.७१ अंक अर्थात् १.७३ प्रतिशतले बढेर नेप्से परिसूचक २८५१.२४ विन्दुमा बन्द भएको छ ।
नेप्सेका अनुसार, यस दिन दुई करोड ७९ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा नौ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
अघिल्लो दिन आठ अर्ब ३१ करोडभन्दा बढीको कारोबार भएको थियो ।
३३८ कम्पनीको सेयर खरिदबिक्री भएकामा २५१ कम्पनीको मूल्य बढ्यो भने १६ कम्पनीको मूल्य घट्यो । एक कम्पनीको मूल्यमा कुनै फेरबदल भएन ।
आज ६ कम्पनीको मूल्य १० प्रतिशत (सकारात्मक सकिर्ट) बढेको छ । जसमा आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, सोलु हाइड्रोपावर, होटेल फरेस्ट इन रहेका छन् ।
यस्तै, सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रोको पनि सकारात्मक सर्किट लेभलमा कारोबार भयो । समूहगत सूचकतर्फ सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको २८९ अंक र सबभन्दा कम बैंकिङ समूह १८.२७ अंकले बढ्यो ।
