काठमाडौ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङको क्रममा मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बा ५ ख ६८१५ नम्बरको रिङरोड चल्ने भाडा बस चालक कलिकोटको पचालझरना गाउँपालिका ७ घर भई हाल काठमाण्डौँको नामखेल बस्ने ३४ वर्षीय खम्ब दमाई, बा ५ ख ७९१ नम्बरको भाडा बस चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ७ घर भई हाल मुलपानी बस्ने ३४ वर्षीय सिताराम गिरी र बागमती प्रदेश ०१-००२ ज ८५१८ नम्बरको हायस चालक काठमाडौँको टेकु बस्ने ६७ वर्षीय मोचाकाजि महर्जनलाई काठमाडौँको बाफलबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै बागमती प्रदेश-०१-००६ ख ८९८३ नम्बरको महानगर यातायातको बस चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ घर भई हाल काठमाडौँको वाफल बस्ने ३७ वर्षीय सकुल डोटेललाई गौशालाबाट र बा ४ ख ९३५६ नम्बरको बस चालक नुवाकोटको विदुर नगरपालिका २ घर भई काठमाडौँ बस्दै आएका ३७ वर्षीय राजु कटुवाललाई चाबहिलबाट, बागमती प्रदेश ०१-००६ ख ५४३१ नम्बरको रात्रिकालिन बसका चालक सप्तरीको राजविराज नगरपालिका ११ बस्ने ४० वर्षीय धर्मदेव यादवलाई कोटेश्वरबाट र बा ४ ख ४१० नम्बरको माइक्रो चालक सर्लाहीको बागमती नगरपालिका १ का ३६ वर्षीय अजय गोलेलाई ललितपुरको सातदोबाटोबाट मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आएका चालकहरूलाई आवश्यक अनुसन्धानको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS