काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा ुकाठमाडौँ उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी–२०८२ु सम्पन्न भएको छ ।
कार्यक्रम नेपाल अटोमोबाइल इमोर्टर्स एण्ड म्यानीफ्याक्चर्रस एसोसियसनको सहकार्यमा आयोजना गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको गोष्ठीमा सडक सुरक्षालाई संवेदनशील विषयका रूपमा लिँदै सबै सरोकारवाला निकायको समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो ।
कार्यक्रममा विभिन्न मन्त्रालय, विभाग, सुरक्षा निकाय तथा सम्बन्धित संस्थाका प्रतिनिधिहरूले प्रस्तुतीकरण र छलफल गरेका थिए । कार्यक्रममा अवकाश प्राप्त प्रहरी उच्च अधिकारीहरूले पनि सुझाव दिएका थिए ।

समापन सत्रमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सडक दुर्घटना न्यूनीकरणका लागि नीतिगत तथा कार्यगत समन्वय सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो।

FACEBOOK COMMENTS