काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष तथा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिलाहरुको आर्थिक सुरक्षाका लागि इ कमर्स कार्यशाला आवश्यक रहेको बताएकी छन् । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको आर्थिक शसक्तीकरण तथा शिपविकास कार्यक्रम अन्तर्गतको डिजिटल मार्केटिङ तथा इकमर्स कार्यशाला कार्यक्रमको सुरुवाती गर्दै अध्यक्ष श्रेष्ठले यस्तो धारणा राखेकी हुन् ।
अध्यक्ष श्रेष्ठले डिजिटल मार्केटिङ तथा ई कमर्स संबन्धी शिक्षाले व्यापार व्यवसायलाई समायानुकुल संचालन गर्न तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सघाउ पुग्ने उल्लेख गरेकी छन् ।
साथै उनले महिला उद्यमीहरुलाई उद्यमशिलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन नेपाल महिला चेम्बरले विभिन्न शिप विकास कार्यक्रम समेटेर तालिम आयोजना गर्दै आएको जानकारी दिएकी थिइन् ।
कार्यक्रममा नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले आर्थिक शसक्तिकरणका लागि शिप विकास कार्यक्रम २०२२ अन्तर्गत महिला उद्यमीहरुलाई पहिलो चरणमा बेकरी, फोटोग्राफी, क्यान्डल क्राफ्टीङ, पुर्नप्रयोग, जस्ता तालिम उपलब्ध गराईएको जानकारी दिएकी थिइन् ।
उनले डिजिटल मार्केटिङ तथा ईकमर्स कार्यशाला तालिम त्यसैको निरन्तरता भएको उल्लेख गर्दै महिलाको आर्थिक सशक्तिकरणका लागि विभिन्न शिप मुलक कार्यक्रमको आवश्यकता महशुस भएको र आगामी दिनमा पनि यस्ता तालिमहरुले निरन्तरता पाउने बताइन् ।
त्यसैगरि नेपाल चेम्बर अफ कमर्स महानिर्देशक कैलाश कुमार बजिमयले नेपाल महिला चेम्बरले महिला उद्यमशिलता विकासमा महत्वपूर्ण कार्यहरु गर्दै आएको उल्लेख गर्दै डिजिटल मार्केटिङ सम्बन्धि तालिमले महिला सशक्तिकरणमा ठूलो योगदान पुग्ने बताए ।
नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको नेपाल महिला चेम्बरको आयोजनामा गत २४ असारबाट शुरु भएको आर्थिक शसक्तिकरणका लागि शिप विकास कार्यक्रम अन्तर्गत आजबाट डिजिटल मार्केटिङ तथा ईकमर्स कार्यशाला तालिम शुरु भएको छ ।
FACEBOOK COMMENTS