काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ ।
यस बैंकका खातावाला हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उहाँका हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रुपैयाँ दुर्घटना बीमा रकम प्रदान गरिएको हो । बीमाको रकम सानिमा बैंकका अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्रलाल श्रेष्ठले मृतककी श्रीमती तनमाया घर्ती पुनलाई प्रदान गरे ।
मृतक हिमप्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दीर्घायु बचत खाता खोलेका थिए । सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको ६ जटिल रोगको उपचार बीमा, ५० हजार रुपैयाँसम्मको स्वास्थ बीमा र ५ हजार रुपैयाँसम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकको देशका सात वटै प्रदेशमा १०४ वटा शाखा कार्यालय तथा ९५ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
FACEBOOK COMMENTS