काठमाडौं । सरकार र राइड शेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमतिविरुद्ध आन्दोलित सार्वजनिक यातायात व्यवसायीबीच वार्ता भइरहेको छ ।
गण्डकी प्रदेश सरकारले राइड शेयरिङ तथा सेल्फ ड्राइभका नाममा कानुन नै जारी गरे निजी सवारीसधानलाई यात्रु ओसारपसार गर्न दिएपछिसार्वजनिक यातायात व्यवसायीहरू आजदेखि देशव्यापी यातायात बन्दसहित आन्दोलनमा छन् ।
यातायात व्यवसायीका प्रतिनिधि र गृहमन्त्री रमेश लेखकबीच छलफल भइरहेको भइरहेको हो ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिको नाममा यातायात व्यवसायीहरूले आज देशभर सार्वजनिक यातायातका साधन चलाएका छैनन्, यसले गर्दा यात्रुहरू मर्कामा परेका छन्
FACEBOOK COMMENTS