बुटवल । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने सडकमा पुस १५ गतेसम्म निर्माणको कार्य हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न सडक विभागको आयोजना निर्देशनालयले अनुरोध गरेको छ ।
आयोजनाले विगत केही दिनमा आकस्मिक रूपमा भएको निरन्तर वर्षातले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो भई यातायात आवागमनमा कठिनाई उत्पन्न भएको तथा आगामी दिनहरूमा पुन: वर्षात् भएमा हाल कलभर्टहरू निर्माणाधीन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारी साधनहरू सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको बताएको छ ।
त्यसैले आयोजनाले उक्त सडकमा कल्भर्टहरूको निर्माण कार्य सम्पन्न नहुन्जेल अबको करिब दुई महिना ( अर्थात २०८२ पौष १५ सम्म) यस सडक खण्डमा यात्रा गर्नु अघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्र यात्रा गर्न सबैमा अनुरोध गरेको छ । साथै यस सडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा निम्न उल्लेखित बैकल्पिक सडकहरुको प्रयोग गर्न सकिने व्यहोरा समेत अनुरोध गरिन्छ ।

FACEBOOK COMMENTS