काठमाडाैं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र नेपाल पर्वतारोहण संघबीच संघका स्रोत सदस्य पदयात्रा एजेन्सीहरूमार्फत पर्वतारोहणका लागि जाँदा ट्रेकिङ बीमा सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको । संघका सहयोगी पथप्रदर्शक, सरदार, वरिष्ठ सहयोगी तथा अन्य सहायकहरूका लागि न्यूनतम मूल्यमा ट्रेकिङ बीमा सुविधा उपलब्ध गराउने गरी सम्झौता भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जारी पर्यटन नियमावलीअनुसार पर्वतारोहण दलका सहयोगी सदस्यहरूका लागि न्यनतम १५ लाख रूपैयाँ बराबरको दुर्घटना बीमा, ४ लाख रूपैयाँ बराबरको स्वास्थ्य उपचार बीमा तथा अमेरिकी डलर १०,००० बराबरको खोजतलास तथा हेलिकोप्टर उद्धार बीमा गरिनुपर्ने व्यवस्थाअनुरूप संघद्वारा सूचीबद्ध २७ चुचुराहरूका लागि विशेष बीमा योजना ल्याएको हो । साविकमा पदयात्रा एजेन्सीहरूले महँगो शुल्कमा बीमालेख खरिद गर्नुपरेको अवस्थालाई मध्यनजर गर्दै सहुलियत दरमा यो बीमा योजना ल्याएको हो ।
हालै भएको सम्झौतापत्रमा संघका अध्यक्ष निमानुरू शेर्पा र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरुेका छन् । उक्त सम्झौता पर्यटन क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूका बीच गत माघ १९ गते कम्पनीकी नायब कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य र संघका अध्यक्ष निमानुरू शेर्पाले सार्वजनिक गरे ।
यो सिजनका लागि ट्रेकिङ बीमा योजना मार्च १, २०२५ देखि लागू हुनेछ ।
FACEBOOK COMMENTS