काठमाडौं, १२ भदौ । चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल आगामी शुक्रबारदेखि शुरू हुने भएको छ ।
लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्न यातायात व्यवस्था विभागले देशभरका २१ वटा यातायात कार्यालयलाई पत्राचार गरेसँगै परीक्षा हुने निश्चित भएको हो । तर, नयाँ आवेदन भने अझै अनिश्चित छ ।
विभागका अनुसार काठमाडौँ उपत्यकामा भदौ १८ गतेदेखि र उपत्यकाबाहिर १५ दिनपछि शुरू हुने छ ।
पहिलो चरणको लकडाउनका कारण २०७६ चैत्रबाट बन्द भएको ट्रायल परीक्षालाई विभागले डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी ७७ पुस १४ गतेबाट खुलाएको थियो । यसक्रममा पुसदेखि वैशाखसम्म फारम भरेका झण्डै ६ लाख परीक्षार्थी ट्रायलको प्रतिक्षामा छन् ।
FACEBOOK COMMENTS