काठमाडौँ । जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेको छ । आइतबार सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २२ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
त्रिभुवन आर्मीले दिएको २४४ रनको लक्ष्य पछाएको पुलिस क्लबले ४५.३ ओभरमा अल आउट हुदै २२१ रन बनाएको थियो ।
पुलिसका लागि रशिद खानले सर्बाधिक ६० रन बनाएका थिए भने शंकर रानाले ४६, कप्तान आरिफ सेखले ३८ र करण केसीले २३ रन बनाएका थिए । त्यसैगरी आर्मीका बलर नरेन साउदले ३ विकेट लिए भने आकश चन्दले २ विकेट लिएका थिए ।
यसअघि बर्षाले प्रभावित भएपछि ४७–४७ ओभर खेलिएको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको आर्मीले ४७ ओभरमा ८ विकेट गुमाउदै २४३ रन बनाएको थियो । आर्मीका लागि बसिर अहमदले शतकीय पारी खेलेका थिए । बसिरले ८६ बलमा १०० रन बनाएर आउट भएका थिए । त्यस्तै भीम सार्कीले ६२ रन बनाएका थिए ।
त्यसैगरी पुलिस क्लबका बलर सर्वन यादवले ३ विकेट लिए भने सागर ढकाल र रशिद खानले २–२ विकेट लिए ।

अब त्रिभुवन आर्मीले अर्को खेल विहिबार गण्डकी प्रदेशसँग खेल्ने छ भने नेपाल पुलिस क्लबले अर्को खेल मंगलबार एपीएफसँग खेल्ने तालिका रहेको छ ।

FACEBOOK COMMENTS