काठमाडौँ । बलिवुड तथा साउथ इन्डियाका सुपरस्टार प्रभासको फिल्म ‘स्पिरिट’ मा अभिनेत्री तृप्ती डिमरीको इन्ट्री भएको छ ।
फिल्मका निर्माताहरूले सामाजिक सञ्जाल पोस्ट मार्फत फिल्म स्पिरिटमा तृप्तीको इन्ट्री भएको जानकारी दिएका हुन् ।
फिल्म ‘स्पिरिट’ लाई सन्दीप रेड्डी वांगाले निर्देशन गर्दैछन् । भूषण कुमारले यसलाई टी-सिरीजको ब्यानरमा निर्माण गर्दैछन् । सन्दीप रेड्डी वांगा निर्देशित फिल्ममा तृप्ति दोस्रो पटक देखिँदैछिन्।
यसअघि तृप्तिले निर्देशक सन्दीपको फिल्म ‘एनिमल’ मा काम गरेकी थिइन् । रणवीर कपूरको प्रमुख भूमिका रहेको सो फिल्ममा तृप्तिले धेरै प्रशंसा पाएकी थिइन् । यद्यपि, यो उनको प्रभाससँग पहिलो पटक फिल्ममा जोडी हुनेछ ।
यसअघि फिल्म ‘स्पिरिट’ मा अभिनेत्री दीपिका पादुकोण मुख्य भूमिकामा देखिने चर्चा चलेको थियो । तर, अब दीपिका फिल्मको हिस्सा नभएको स्पष्ट भएको छ । दीपिकाले फिल्म किन छोडिन् भन्ने बारेमा कुनै कारण खुलाइएको छैन ।
तृप्तीको यस बर्ष धड़क-२ र अर्जुन उस्तारा फिल्म आउदैछन् ।
FACEBOOK COMMENTS