काठमाडौं । धादिङस्थित त्रिशूली नदीका छुट्टाछुट्टै स्थानमा दुई जना पुरुषको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गल्छी गाउँपालिका–२ केउरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुमा उनीहरूको शव भेटिएको हो ।
बेल्खुमा मृत भेटिएका पुरुष अन्दाजी ३५/३६ वर्षका केउरेनीटारमा मृत भेटिएका पुरुष अन्दाजी ३५/४० वर्षका छन् ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS