काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको अध्यक्ष चयन भएका छन् ।
गत चैत २७ गते बसेको कम्पनी सञ्चालक समितिको २२९औँ बैठकले उनलाई अध्यक्ष चयन गरेको हो ।
त्यसअघि बैठकले कम्पनीको संस्थापक शेयरधनी संस्था नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको ठाउँमा नयाँ निर्देशक हितेन्द्र देव शाक्यलाई कम्पनीको सञ्चालक बनाएको थियो ।
यस्तै, संस्थापक शेयरधनी समूहबाटै दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का तत्कालीन प्रमुख प्राविधिक अधिकृत (सीटीओ) अमुल प्रधानको ठाउँमा सीटीओ सविना मास्के र तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (सीसीओ) डिल्लीराम अधिकारीको ठाउँमा सीसीओ गंगा प्रसाद सागर मातन्छेलाई पनि सञ्चालन मनोनयन गरिएको थियो ।
हितेन्द्र देव कम्पनीको अध्यक्ष बनेको सूचना विद्युत् नियमन आयोग, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई पठाइसकिएको कम्पनी सचिव भरत कुमार खड्काले जानकारी दिए ।
उनका अनुसार कम्पनीको धितोपत्र प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई पनि जानकारी दिइसकिएको छ ।
FACEBOOK COMMENTS