काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रज्ञापनपत्रमा भएको भन्दा बढी करिब ४२ टन चिनीसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ।
पश्चिम नवलपरासीको बर्दघाटबाट सशस्त्र प्रहरीले आइतबार तीन ट्रक नियन्त्रणमा लिएको हो। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले उक्त चिनीसहित ट्रक नियन्त्रणमा लिएको जनाएको छ।
नारायणगढबाट बुटवलतर्फ छुटेको ना ६ ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्नेस्थित एसमोडबाट र लु २ ख ९० नम्बरको ट्रकलाई बर्दघाट चिसापानीस्थित गाडी ग्यारेजमा रोकी राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएको चिनी र ट्रक आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाइएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले बताए।
FACEBOOK COMMENTS