काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोसँग भेट्ने बताएका छन् ।
भेनेजुएलामा भएको कारबाहीको केही घण्टापछि ट्रम्पले कोलम्बियाली राष्ट्रपति पेट्रोलाई ’आफ्नो ज्यान जोगाउन भाग्न’ चेतावनी दिएको केही दिनपछि उनलाई भेट्ने बताएका हुन् ।
यसअघि अमेरिकाले शनिबार राति भेनेजुएलाको राजधानी काराकसमा आक्रमण गरेको थियो र राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेर अमेरिका लागेको थियो ।
भेनेजुएलाका गृहमन्त्री डिओसडाडो कुएलोले कारबाहीमा मारिएकाहरूको संख्या पहिले रिपोर्ट गरिएको भन्दा बढी छ र अब १०० भन्दा बढी रहेको छ ।
स्थानीय मिडिया रिपोर्टहरूले पहिले अमेरिकी सेनाले मादुरोको परिसरमा आक्रमण गर्दा २३ भेनेजुएली र ३२ क्युबाली सैनिक मारिएको बताएका थिए । ट्रम्पले कुराकानीको क्रममा पेट्रोले ’लागुऔषधको अवस्था र अन्य विवादका विषय उठाएका थिए ।
FACEBOOK COMMENTS