काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आज अलास्कामा हुने भेटवार्ता अघि रुस र युक्रेनले एक अर्कालाई आक्रमण गरिरहेका छन् ।
युक्रेनी सेनाले आफ्ना विशेष सेनाहरूले रातभर रुसमा धेरै आक्रमण गरेको बताएको छ । टेलिग्राममा जारी विज्ञप्तिमा युक्रेनी सेनाले रुसको समारा क्षेत्रमा रहेको सिज्रान तेल रिफाइनरीमा आक्रमण गरेको बताएको छ । युक्रेनी सेनाका अनुसार यो रिफाइनरीले रुसी सेनालाई विभिन्न प्रकारका इन्धन आपूर्ति गर्छ ।
यसैबीच, युक्रेनी आपतकालीन सेवाहरूले रुसले आज बिहान युक्रेनको उत्तर–पूर्वी शहर सुमीमा आक्रमण गरेको बताएको छ, जसमा पेट्रोल पम्पमा आगलागी भएको छ ।
ट्रम्पले पुटिनसँगको उनको भेट राम्रो भएमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई फोन गर्नेछन् र दोस्रो चरणको बैठकको सँगै गर्ने बताएका छन् ।
युक्रेनी र रुसी क्षेत्राधिकारको बारेमा, ट्रम्पले युक्रेन र रुस बीचको सीमामा सहमति हुनु आवश्यक रहेको बताएका छन् ।
FACEBOOK COMMENTS