काठमाडौं । विद्युत् नियमन आयोगअन्तर्गतको पुनरवलोकन समितिले डेडिकेटेड तथा ट्रङकलाइन विद्युत् महसुल विवादमा पञ्चकन्या समूहका दुई उद्योगको दाबी अस्विकार गरेको छ ।
समितिले पञ्चकन्या स्टिल र पञ्चकन्या प्लास्टिकले ‘लोडसेडिङको समयमा विद्युत् प्रयोग नगरेको’ भन्ने दाबी नपुग्ने ठहर गरेको आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले जानकारी दिए ।
समितिले उद्योगको स्थलगत अध्ययन, टीओडी डाटा तथा प्राविधिक तथ्यको विश्लेषण गर्दा पिक, अफ–पिक र नर्मल तीनै समयमा विद्युत् प्रयोग भएको देखिएको जनाएको छ ।
निर्णयसँगै नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगबाट बक्यौता रकम असुल गर्ने कानुनी बाटो खुलेको छ । समितिको निर्णयमा चित्त नबुझे उद्योगीहरू उच्च अदालत जान सक्ने व्यवस्था भने खुला रहेको आयोगले जनाएको छ ।
डेडिकेटेड तथा ट्रङ्कलाइन बक्यौतासम्बन्धी विवाद २०७२ माघदेखि २०७५ वैशाखसम्मको हो । यस अवधिमा २५ उद्योगबाट करिब ५ अर्ब ४८ करोड रुपैयाँ उठाउनुपर्ने प्राधिकरणको दाबी छ, जसका लागि २८ किस्तामा भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।

FACEBOOK COMMENTS