काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दिपक अर्याल नियुक्त भएका छन् ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उनलाई उपकुलपति पदमा नियुक्त गरेका हुन् ।
यसअघि शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा गठित सिफारिस समितिले प्रा.डा. दिपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो ।
उक्त सिफारिसबाट प्रधानमन्त्री ओलीले अर्याललाई उपकुलपति पदमा चयन भएका हुन् ।
FACEBOOK COMMENTS