चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला नजिकै झरेको ६० प्रतिशत पहिरो पन्छाएर सकिएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले हाल नारायणगढ तर्फबाट एक एक्साभेटर र एक लोडर तथा मुग्लिन तर्फबाट २ लोडर र एक एक्साभेटर उपकरणहरु प्रयोग गरि निरन्तर रुपमा कार्य भैरहेको जानकारी दिएको छ ।
यसको अलावा दुवैतर्फ एक एक वटा लोडर तैनाथ अवस्थामा रहेका छन् साथै काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकपटकमा दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको सडक डिभिजनले जनाएको छ ।
पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठुलाठुला ढुंगाहरुका कारण केही कठिनाइ भएतापनि भएका उपकरणहरुले पूर्ण क्षमताका साथ काम गरिरहेको र पहिरो सफा गर्ने कार्य हालसम्म करिब ६० प्रतिशत सम्पन्न भएको कार्यालयले बताएको छ ।
पहिरोको थुप्रोमा ढुंगाहरुको मात्रा बढी भएको र स–साना तिखा ढुंगाहरुका कारण टायर पंचर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याहरुले गर्दा सोचे अनुसारको प्रगती हुन नसकिएकोले हेभि
इक्प्यूमेन्ट डिभिजन हेटौंडा र डुम्रे बाट दुइजना अपरेटरहरु पनि थप गरिएको छ । सडक डिभिजनले कुनै पनि बाधा नआएमा संभवत: आज रातीसम्ममा पूर्ण रुपमा पहिरो हटाई आवागमन संचालनमा ल्याउने आँकलन गरिएको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS