चितवन । दशैंको समयमा मुग्लिन–नारायणघाट सडक खण्ड अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र परेका छन् ।
मुग्लिन नारायणघाट सडकको तुइन खोला नजिक सोमबार बिहानदेखि खसेको पहिरोका कारण सडक दुइतर्फी अवरुद्ध भएको छ र अहिले पहिरो खस्ने र हटाउनक्रम जारी रहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
तीन वटा मेशिनले पहिरो हटाउन काम जारी रहेको र सकेसम्म छिटो सडक खुलाउने सडक डिभिजनले बताए पनि पहिरो खस्न नरोकिदा सडक खुल्ने समय बारे यकिन सकिएको छैन ।
दशैँको समयमा आफ्नो गन्तव्यमा जान हिडेकाहरु सडकमा अलपत्र परेका छन् । मुग्लिन–काठमाडौँ सडकमा ठुलो जाम शुरु भएको छ भने नारायणघाट पट्टि रामनगरसम्म जाम पुगिसकेको छ भने हजारौ यात्रु सडकमा रहेका छन् । गत बुधबार राति मात्र लगभग ५४ घण्टामा खुलेको यो सडक सोमबारदेखि पुन: बन्द भएको हो ।
FACEBOOK COMMENTS