काठमाडौं । विभिन्न ५८१ ठाउँमा टुकुचा खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण गरिएको छ ।
शहरी विकास मन्त्रालयले तयार पारेको टुकुचा खोला करिडोर व्यवस्थापन सम्बन्धी प्रतिवेदन अनुसार ५८१ ठाउमा उक्त खोला मिचेर कर्पाेरेट भवन, घर, बाटो, टहरा, पर्खाल लगायत विभिन्न संरचनाहरु बनाइएको छ ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले उक्त अतिक्रमित क्षेत्रहरुको संरचना हटाउने अभियान थालेका छन् । सोहि क्रममा बिहीबार जयनेपाल हलको आँगनमा डोजर चलाएका थिए ।
Final-Report-Tukucha-v1
FACEBOOK COMMENTS