काठमाडाैं । काठमाडौँ महानगरपालिकाले कमलादीमा पनि टुकुचा खोला फेला पारेको छ ।
शनिबार कमलादीस्थित लक्ष्मी बैंकको केन्द्रीय कार्यालय नजिकै खोतल्दा टुकुचा खोला फेला परेको महानगरले जनाएको छ ।
१२ फिट जति खन्दा टुकुचा खोला भेटिएको महानगरले जानाएको हो ।
बिहिबार जय नेपाल हलको कम्पाउन्डभित्र खन्दा टुकुचा खोला फेला परेको थियो ।
टुकुचा खाेला अतिक्रमण गरेर बनाइएकाे संरचना हटाउँदै खाेलालाइ बास्तविक रूपमा ल्याउने अभियानमा काठमाडाैं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले अभियान नै सञ्चालन गरेका छन् । साेहि अभियान अन्तर्गत बिहीबार जयनेपाल हल परिसरमा डाेजरले खाेतलेर टुकुचा भेटाइएकाे थियाे ।
यसैगरी शनिबार पनि कमलादिमा डाेजर लगाएर खाेतलिएकाे हाे ।
FACEBOOK COMMENTS