काठमाडाैं । पछिल्लो समय टुकुचा खोलालाई पहिलाको जस्तै मुहुर्तरुपमा फर्काउन भनेर काठमाडौं महानगरका मेयर बालेन शाहले अभियान नै चलाएका छन् ।
सोहि क्रममा बिहीबार काठमाडौंको हात्तिसारस्थित जयनेपाल हलको परिसरमा डोजर चलाउँदा छोपिएर रहेको टुकुचा खोला भेटिएको छ ।
त्यस्तै शनिबार पनि डोजरले खोतल्दा हात्तिसारस्थित लक्ष्मि बैंक परिसरमा खोला भेटिएको छ ।
उक्त टुकुचा खोला हाल ५८१ ठाउँमा अतिक्रमण भएको शहरी विकास मन्त्रालयले तयार पारेको टुकुचा खोला करिडोर व्यवस्थापन सम्बन्धी प्रतिवेदनमा उल्लेख छ । उक्त अतिक्रमित ठाउमा विभिन्न भवन, पर्खाल, बाटो लागायत संरचना निर्माण गरिएको छ ।
यसै क्रममा टुकुचा खोलासम्बन्धी दस्तावेज भनेर एउटा दस्तावेज सार्वजनिक भएको छ । उक्त दस्तावेजमा टुकुचा खोलाको बारेमा सामान्या जानकारी उल्लेख छ ।
सो दस्तावेज अनुसार टुकुचा सुरुङ्ग राणाकालको इन्जिनियरिङ उत्कृष्ट कृति हो । ५०० मिटर लामो संरचनाले धेरै बाढी र आधुनिक र भब्य भवनहरूको भारको सामना गरेको छ ।
सम्भवतः यो श्री ३ वीर शमशेरका प्रमुख वास्तुकार जोगबीर स्थापितले डिजाइन र निर्माण गरेको हो ।
विसं १९४९ मा देव शमशेरले श्री ३ वीर शमशेरको नाममा जारी गरेको पत्रमा स्पष्ट रूपमा लाल दरबारको आँगन (पटाङ्गिनी) बनाउन टुकुचा छोपेको उल्लेख उक्त दस्तावेजमा भएको छ।
‘लाल दरबार भनेर चिनिने यो दरबार चिनियाँ दूतावास रहेको जय नेपाल हलको ठीक छेउमा थियो अहिले त्यसक सानो भाग हाल माया मनोर नामको एक पार्टिप्यालेसमा परिणत भएको छ ।’ दस्तावेजमा उल्लेख छ ।
FACEBOOK COMMENTS