काठमाडौं । मन परेकी सान्नानी न फकाउँदा मान्छिन् न सम्झाउँदा मान्छिन् न त रिसाउँदा नै मान्छिन्… । सान्नानी झन् झन् मनमा गाढा बनेर बस्छिन् तर उनको मनमा भने आफ्नो लागि कुनै स्थान नभएको महसुश भएपछि जसरी भए पनि सान्नानीलाई मनमा बसाउने र आफ्नो बनाउने चाह बढ्छ ।
केही गर्दा पनि असर नगरे पछि सान्नानीलाई तन्त्रमन्त्र, टुनामुना लगाएरै भए पनि आफ्नो वशमा पार्न अनि आफूप्रतिको आकर्षण बढाउन कोसिश गर्छन् युवक । त्यति मात्र होइन पञ्चे बाजासहित घरमै आउने चाहना पनि व्यक्त गर्दछन् उनी तर जबरजस्ती होइन सल्लाहले, आफूले मन पराएकी युवतीको अनुमतिले ।
युवती अलि घमण्डी छिन् । उनी पुरातन संस्कारको तन्त्रमन्त्र, जादु, टुनामुनाले आफूलाई कुनै असर नगर्ने र जादु, टुनामुना भनेका समाजको कुरिती र अन्धविश्वास भएको जनाउँदै युवकको टुनामुनालाई सिधै चुनौती दिन्छिन् । पञ्चे बाजा बजाएर घरमा आउने त टाढाको कुरा पञ्चे बाजाको कुरा मात्र पनि उनलाई सह्य हुँदैन । जे गर्दा पनि युवती नफकिँदा युवक पीरमा पर्छन् भने आफूप्रति आकर्षित भएर आफ्नो पिछा लागेको युवकको व्यवहारले युवती पनि पीरमा पर्छिन्, दुवै जना आ आफ्नो पीरमा छन् ।
रेशमको सारी र मखमली चोलीमा सजिएकी युवतीको सुन्दरतामा युवक मन्त्रमुग्ध त छदैथिए हेरिरहु लाग्ने युवतीको धपक्क बलेको रुप अनि जादुमय उनको बोलीले युवक झन् भुतुक्कै थिए । अञ्चले स्वाभावकी युवती आफूलाई माया गर्ने युवकको मायालाई बुझ्दिनन् या बुझ्न चाहन्नन् उनी ती युवकलाई जाली मान्छेको संज्ञा दिन्छिन् र फकाउने कलामा जाली मान्छे सिपालु हुने, जाली मान्छेको जालमा आफू नपर्ने जवाफ दिन्छिन् ।
तन्त्रमन्त्र, जादु, टुनामुनाले पनि असर नगरेपछि युवक युवतीलाई हातमा सुनको चुरा लगाइदिने, शीरमा शीरफूल लगाइदिने अनि रानी बनाएर राख्ने बचन दिन्छन्, उनको मायाको सम्मानमा कुनै भुल नहुने बाचा गर्छन् । तर युवतीलाई युवकको कुनै पनि कुराको न विश्वास हुन्छ न कुनै असर, उनी आफ्नै दुनियाँमा रमाउने, आफ्नै गाउँठाउँ, परिवेश अनि आफ्नै आमा, बुवाको घरमै खुसी हुने र आमा, बुवाले खोजिदिएका सोझो अनि इमान्दार युवकसँग नै घरजम गर्ने भाव व्यक्त गरेर युवकलाई फर्काइदिन्छिन् ।
बबिना भट्टराईको अफिसियल युट्व च्यानल र इमेज एफएम ९७.९ मा हरिराम पौडेलले सञ्चालन गर्ने कार्यक्रम मेचीदेखि महाकालीसम्मबाट एक साथ सार्वजानिक भएको गीत टुनामुना पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगमसंगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ भने टुनामुना गीतका शब्दहरु पनि बबिना भट्टराई कै रहेका छन् ।
गीतको एरेन्ज महाराज थापाले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीले रेकर्डिङ गरेका उक्त गीतको भिडिओ ड्रगन पिक्चर्सद्वारा निर्माण गरिएको हो । गीतको भिडिओमा चर्चित कलाकार बुद्धि तामाङसँग बबिना आफैले अभिनय गरेकी छिन् । भिडिओमा बुद्धि र बबिनाको अभिनय जीवन्त रहेको छ । केशवराज भट्टको निर्देशन र कोरियोग्राफी रहेको उक्त भिडिओको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन् ।
बबिना भट्टराईको शब्द, संगीत र स्वर रहेको गीतमा आफूले स्वर दिन पाएकोमा आफू खुसी अनि आनन्दित भएको बताउँछन् टुनामुनाका गायक बैकुण्ठ प्रधान । विगत वर्षदेखि बबिनासँगको सहकार्यमा गीतसंगीत र भक्तिसंगीतमा सहकार्य गर्दै आइरहेका उनी बबिना भट्टराईकोसंगीत कला र गला अनि काम गर्ने शैलीले आफू प्रभावित भएको र आगामी दिनहरुमा पनि बबिनासँगको सहकार्यमा गीत तथा भजनहरु दर्शक, श्रोता माझ ल्याउने उनले इमेज एफएम ९७.९ मा हरिराम पौडेलसँगको अन्तर्वार्ता मार्फत बताएका छन् ।
बैकुण्ड प्रधानसँगको सहकार्य सहज र सरल भएको बताउने बबिना आध्यात्मिक व्यक्तित्व बैकुण्ठको गीत तथा भजनहरु प्रतिको लगावलाई सम्मान गर्दै आगामी दिनहरुमा बैकुण्ठ प्रधानसँगको सहकार्यमा अझ सुमधुर र कर्णप्रिय गीत तथा भजनहरु दर्शक, श्रोता माझ ल्याउने बताउँछिन् ।
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माकोसंगीतमा पहिलो गीत गाएकी बबिनाकोे १५ वर्ष भन्दा बढिकोसंगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथासंगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् ।
सुगमसंगीत तथा भक्तिसंगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् ।संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएरसंगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्रीकृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमासँग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् ।
भर्खरै नेपालीसंगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो चारु मासंगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथासंगीतमा आफूलाई पहिलो चारु गायिका तथासंगीतकारको रुपमा स्थापित गरेकी छिन् भने टुनामुना गीत लेखेर आफूलाई गीतकारको रुपमा समेत प्रस्तुत गरेकी छिन् ।
गीतको भिडिओमा आँफैले अभिनय गरेर उनले आफू भित्र लुकेको नृत्य प्रतिभा पनि सार्वजानिक गरेकी छिन् उनको अभिनयलाई दर्शक, श्रोताले रुचाएका छन् । आफ्नो अभिनय हेरेर अन्य म्युजिक भिडिओहरुमा अभिनयको प्रस्ताव समेत आएको बताउने बबिना आफ्नो मूल कर्म गायन रसंगीत नै भएकोले यहि क्षेत्रबाट नै आफ्नो पहिचान र परिचय स्थापित गर्ने बताउँछिन् ।
FACEBOOK COMMENTS