![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक टू–ह्वीलर प्रायोजकको रुपमा टीभीएस एन्टर्क भित्रिएको छ ।
यस वर्षको मिस युनिभर्स नेपालको आवेदन खुल्ला भइसकेको छ भने ग्रान्ड फिनाले भदौको दोस्रो हप्तातिर हुने भएको छ ।
मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो र नेपालमा २०२० देखि सुरू भएको हो । यो वर्ष मिस युनिभर्स नेपालको आयोजना ग्लोबल ग्लामर भेन्चरले गर्दैछ भने प्रतिस्पर्धीहरुलाई प्रशिक्षण प्रदान गर्न अन्तर्राष्ट्रिय इमेज कन्सल्टेन्ट एवम् पेजेण्ट कोच एलेक्जेन्डर गोन्जालेज लगायत अनुभवी व्यक्तिहरु नेपाल आउने कार्यक्रम रहेको छ ।
पछिल्ला दुई वर्षहरूमा जस्तै मिस युनिभर्स नेपाल २०२२ मा उचाइ र तौलको मापदण्ड हुने छैन । समलैङ्गिक महिलाहरूले समेत सहभागिता जनाउन पाउनेछन् र देश बाहिर रहेका अन्य नेपाली युवतीहरूको निम्ति पनि आवेदन खुल्ला राखिएको छ ।
FACEBOOK COMMENTS