काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा टिभिएसका आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षको अवसरमा आफ्नो नयाँ उत्सव अफर “टिभिएस सँग नयाँ वर्षको निरन्तर यात्रा” सार्वजनिक गरेको छ ।
यस अफरमार्फत ग्राहकलाई थप मूल्य, दैनिक पुरस्कार र सहज स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।
यस नयाँ वर्ष अफरअन्तर्गत, टिभिएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले आकर्षक लाभहरू प्राप्त गर्ने अवसर पाउनेछन्। प्रत्येक दिन ग्राहकहरूले ५ वर्षसम्मको पेट्रोल निःशुल्क जित्ने मौका पाउनेछन्, जसले उनीहरूको यात्रालाई अझ सहज र लाभदायक बनाउनेछ। साथै, ग्राहकहरूले दैनिक अधिकतम ५ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । अझै सजिलो स्वामित्वका लागि, यस अफरमा २ हजार ९६७ रुपैयाँ बाट सुरु हुने न्यूनतम टिभिएस सुविधा पनि उपलब्ध गरिएको छ ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक रौनियारले भने, “हामी सधैं ग्राहक केन्द्रित र नवीन विशेष प्रस्तावहरू ल्याउन प्रतिबद्ध छौं । यो नयाँ वर्ष विशेष प्रस्ताव त्यसैको निरन्तरता हो, जसले किफायतीपन, उत्साह र वास्तविक फाइदाहरूलाई एकसाथ ल्याएर टिभिएस स्वामित्व अनुभवलाई अझ उत्कृष्ट बनाउँछ । साथै, यो अफर नगद, एक्सचेन्ज तथा फाइनान्स—तीनै माध्यममा उपलब्ध रहेको छ । हामीले कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल र स्कूटर मा उत्कृष्ट मूल्याङ्कन प्रदान गर्ने प्रतिबद्धता लिएका छौं। यस सुखद अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
FACEBOOK COMMENTS